सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी डिलाशैनीको केन्द्र विवाद सल्टियो, आन्दोलन स्थगित

धामीगाउँमै केन्द्र राखेर काम गर्न सरकारको पत्राचार

२०७८ फाल्गुन १३, ०२:२७ खबर संवाददाता

धनगढीः बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र विवाद अन्त्य भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकालाई सचिव स्तरीय निर्णयको पत्र पठाउँदै धामीगाउँ केन्द्र राख्न भनेपछि विवाद अन्त्य भएको हो।

हाल पालिकाको कार्यालय वडा नं ३ पङसेरामा राखिएकोमा धामीगाउँ केन्द्र राख्न भनिएको छ। कार्यपालिकाले ०७७ मंसिर २१ गते केन्द्र हेरफेर गरेर पङसेरामा राख्न सरकारलाई पत्र पठाएको थियो। फाइल मन्त्रीपरिषद् बैठकमा पेश भएपनि हेरफेर सम्बन्धी कुनै निर्णय नभएकाले राजपत्रमा उल्लेखित धामीगाउँबाटै कार्य सञ्चालन गर्न मन्त्रालयले भनेको छ।

डिलाशैनीमा लामो समयदेखि केन्द्रबारे विवाद थियो। नेताहरुले आफूलाई पायक पर्ने स्थानमा केन्द्र सारेको भन्दै युवाहरुले आन्दोलन पनि गरिरहेका थिए। तर, अहिले केन्द्र विवाद टुंगो लागेको बताउँदै आन्दोलन स्थगित गरिएको युवाहरुले जनाएका छन्।

कमेन्ट लोड गर्नुस