धनगढीमा लागूऔषधसहित एक युवक पक्राउ
धनगढीः धनगढीमा तीन ग्राम लागूऔषध (खैरो हिरोइन) सहित एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नं ३ मिलन चोकमा डेरा गरी बस्ने ३१ वर्षका मनोज जोशी लागूऔषधसहित पक्राउ परेका हुन्।
विशेष सूचनाको आधारमा कैलाली प्रहरीको टोलीले जोशीको साथबाट तीन ग्राम खैरो हिरोइन फेला पारेर बरामद गरिएको जनाएको छ। यस्तै जोशीमाथि मुद्दामा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।