सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको कृष्ण कालिका विद्यालय तीनतारे नमुना विद्यालय घोषणा

२०७८ फाल्गुन १३, १२:१० खबर संवाददाता

हरिश चन्द, डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिका–४ घरेलुमा रहेको श्री कृष्ण कालिका माध्यमिक विद्यालयलाई तीनतारे नमुना विद्यालय घोषणा गरिएको छ। वि.सं २०६० सालमा स्थापना भएको विद्यालयले विभिन्न १० सूचक पुरा गरेपछि बिहीबार एक कार्यक्रमकाबीच तीनतारे नमुना विद्यालय घोषण गरिएको हो।

विद्यालयलाई तीनतारे नमुना विद्यालय घोषणा गरिएसँगै विद्यालयमा राष्ट्रिय झण्डा फहराइएको छ। ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना (आरभिडब्लुआरएमपी) को सहयोमा विद्ययालयलाई तीनतारे नमुना विद्यालय घोषणा गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष धिरेन्द्र बहादुर बोहराले बताए। 

दश सूचकमा खानेपानी, शौचालय, सफा, स्वच्छ हरियाली वातावरण, खानाको स्वच्छता, स्वच्छता सुविधा, स्वच्छता शिक्षा, महिला स्वच्छता व्यवस्थापन, संस्थापन व्यवस्थापन, विपद जोखिम व्यवस्थापन, अनुगमन जवाफदेहिता रहेका छन्। डडेल्धुरा जिल्लाकै चौथो विद्यालयका रुपमा उक्त विद्यालयलाई तीनतारे नमुना विद्यालय घोषणा गरिएको दाबी गरिएको छ।

प्रमुख अतिथिको आसनबाट बोल्दै गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङ्गले प्रत्येक विद्यालयमा खानेपानी शौचालय निर्माण र आईसीटी ल्याव स्थापन गर्ने बताए। तीनतारे नमुना विद्यालय घोषणाका  विशिष्ट अथितिमा (आरभिडब्लुआरएमपी)का टिम लिडर मेट्टे हेन्ड्रीच जुनकोव रहेका थिए। उनले सचेत नागरिकले आवश्यक बजेट तर्जुमामा चरणवद्ध तरिकाले अगाडि वढ्नुपर्ने बताए। 

स्थानीय तहमा कार्यपालिका सदस्य, ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाका प्रतिनिधि लगायत स्थानीय अभिभावक, शिक्षक विद्यार्थीको सहभागिता रहेको थियो। छाउपडीका नामले चिनिने सुदूरपश्चिममा रहेको महिनावारी व्यवस्थापन सम्बन्धी कुसंस्कारविरुद्ध मर्यादित व्यवस्थापन सद्धभावना राजदुत रेखा जोशीले आफ्नो कलामार्फत संगित अभियान सञ्चालन समेत गरेकी थिइन्।

कमेन्ट लोड गर्नुस