सुदूर नेपाललाई विश्वसँग जोड्दै

राप्रपाद्वारा विभाग प्रमुख मनोनयन, प्रचार विभाग प्रमुखमा श्रेष्ठ

फाइल फोटो
फाइल फोटो
२०७८ फाल्गुन १३, ०६:११ रासस

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विभिन्न सात विभागको प्रमुख मनोनयन गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधानअनुरूप विभिन्न व्यक्तिलाई विभाग प्रमुखको जिम्मेवारी दिएका हुन्।

महामन्त्री राजेन्द्र गुरुङलाई संयोजित सङ्गठन समन्वय, प्रवक्ता मोहन श्रेष्ठलाई प्रचार, प्रवक्ता गोपाल दाहाललाई सम्पर्क समाज समन्वय प्रवक्ता, ज्ञानेन्द्र शाहीलाई सुशासन विभागको प्रमुखमा मनोनयन गरिएको छ। केन्द्रीय सदस्य आनन्द अधिकारीलाई प्रवास, लक्ष्मी सङ्ग्रौलालाई वाणिज्य क्षेत्र समन्वय र दमन बस्नेतलाई खेलकुद विभाग प्रमुखको जिम्मेवारी प्रदान गरिएको राप्रपाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
 

कमेन्ट लोड गर्नुस