सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका २ युवक लागूऔषधसहित पक्राउ

२०७८ फाल्गुन १२, ०३:४६ खबर संवाददाता

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाका युवक लागूऔषधसहित पक्राउ परेका छन्। बिहीवार कञ्चनपुरको बेलौरी नगरपालिका–६ रिछाहबाट उनीहरुलाई प्रहरीले ४.११ ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनगढी–२ का २६ वर्षीय दिपक विष्ट र सोही ठाउँका ३१ वर्षीय गोपी विक रहेका छन्। उनीहरुको साथबाट से६प ३४५४ नम्बरको मोटरसाइल समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 
कञ्चनपुर प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ।

कमेन्ट लोड गर्नुस