सुदूर नेपाललाई विश्वसँग जोड्दै

दक्षिण कोरियामा ५—११ बर्षसम्मका बालबालिकालाई पनि खोप दिइने

२०७८ फाल्गुन ११, ०८:२६ रासस

सोल: दक्षिण कोरियामा ५—११ बर्षसम्मका बालबालिकाहरुलाई पनि कोरोनाभाइरस विरुद्धको खोप लगाइने भएको छ। देशको औषधी सुरक्षा सम्वन्धी निकायले उनीहरुलाई खोप लगाउन अनुमति दिने निर्णय गरेको समाचारमा जनाइएको छ।  

कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण तिव्र रुपमा फैलिएपछि बालबालिकालाई सुरक्षित राख्नका लागि खोप लगाउने निर्णय गरिएको हो। १२ बर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिलाई भने यसअघि नै खोप लगाउन अनुमति दिइएको थियो। तीन हप्ताको अन्तरमा बालबालिकाहरुलाई दुई खोप दिइने भएको छ।  दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा एक लाख ७१ हजार ४५२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। 
 

कमेन्ट लोड गर्नुस