सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा समातिए प्रेमिकासँग घुम्न गएर अपहरणको नाटक गर्ने युवक

२०७८ फाल्गुन ११, ०७:०६ खबर संवाददाता

धनगढीः धनगढीमा आफूलाई अज्ञात व्यक्तिहरुले अपहरण गरेर बन्धक बनाएको भन्दै नाटक गर्ने एक युवक पक्राउ परेका छन्। बन्धक बनाएको भन्दै परिवार र प्रहरीलाई झुक्याएका डोटी आदर्श गाउँपालिका वडा नम्बर ३ का २० वर्षीय रघुनाथ ओझा पक्राउ परेका हुन्। 

प्रहरीका अनुासर हाल उनी धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुर बस्दै आएका छन्। अपहरणको नाटक गरेका उनलार्इ धनगढीको वडा नम्बर १ बाट प्रहरीले समातेको थियो। उनीमाथि प्रहरीले सार्वजनिक मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको जनाएको छ। 

उनी आफू अध्ययनरत रहेको स्थान चितवनबाट दाईको बिहेमा जानु छ भनेर गत महिनाको २० गते चिवतनबाट घरपरिवारलाई खबर गरेकोमा सोही मितिबाट सम्पर्कविहीन भएका थिए। त्यसपछि उनले घरपरिवारसंग म्यासेन्जरमा भिडियो कल गरी आफुलाई अज्ञात व्यक्तिहरुले बन्धक बनाएको भनि झुटो खबर गरेको प्रहरीले बताएको छ। 

प्रहरी अनुसन्धानबाट उनी सम्पर्कविहीन भएकै दिन आफ्नो प्रेमीकासँग नारायणघाटबाट बुटवल हुँदै पोखरा गएर बसेको खुलेको छ। उनले साथमा रहेको रकम सकिएपछि पोखराबाट घरतर्फ आएको प्रहरीको भनाइ छ।

कमेन्ट लोड गर्नुस