विश्वभरी नौ प्रतिशत प्लाष्टिक मात्रै पुनः प्रयोग
पेरिस : विश्वभरी प्रयोग भएका प्लाष्टिकमध्ये झण्डै नौ प्रतिशत प्लाष्टिक मात्रै पुनः प्रयोग भएको पाइएको छ। आर्थिक तथा विकास सहकार्य संगठन ९ओइसीडी० ले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार सन् २०१९ मा ४६० मिलियन टन प्लाष्टिक प्रयोग भएको थियो।
यो परिणाम सन् २००० को भन्दा झण्डै दोब्बर भएको पनि ओइसीडीका अधिकारीहरूले जानकारी दिएका छन्। प्रयोग भएकामध्ये १९ प्रतिशत प्लाष्टिक जलाउने गरेको पाइएको छ भने ५० प्रतिशत प्लाष्टिक माटो र पानीमा मिसिने गरेको छ।
विश्वभरी प्लाष्टिकको प्रयोग सन् २०२० मा भने अघिल्लो बर्षको तुलनामा २।२ प्रतिशतले घटेको छ।