सुदूर नेपाललाई विश्वसँग जोड्दै

युएईसँग नेपाल पराजित, विश्वकप खेल्ने सपना अधुरै

२०७८ फाल्गुन १०, ०७:१९ खबर संवाददाता

धनगढी : आइसिसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोट ए अन्तर्गतको सेमिफाइनलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको छ। पराजयसँगै नेपालको टी–२० विश्वकप खेल्ने सपना अधुरै रहँदा जित हात पारेको युएईले भने विश्वकपमा स्थान पक्का गरेको छ।१७५ रनको लक्ष्य पछ्याएको नेपालले १८.४ ओभरमा सबै विकेट गुमाउँदै १०७ रन मात्र बनाउन सक्यो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रनको योगदान दिए । ज्ञानेन्द्र मल्लले २० र आरिफ शेखले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
 

कमेन्ट लोड गर्नुस