सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुलिस र एपिएफको खेल बराबरीमा

२०७८ फाल्गुन १०, ०४:५६ रासस

काठमाडौँ: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) बीचको खेल बराबरीमा टुङ्गिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा पुलिस र एपिएफबीचको खेल १–१ गोलको बराबरी टुङ्गिएको हो। खेलमा पहिलो अग्रता भने पुलिसले लियो। खेलको सुरुआती पहिलो मिनेटमा सुमन लामाले एक गोल गर्दै पुलिसलाई पहिलो अग्रता दिलाए। 

त्यसपछि खेलको पहिलो हाफको ४१औँ मिनेटमा एपिएफका प्रदीप लामाले एक गोल फर्काउँदै खेललाई एक– एक गोलको बराबरीमा ल्याए। खेलको दोस्रो हाफमा भने गोल हुन सकेन। 

यस बराबरी खेलसँगै पुलिसले १२ खेलबाट १२ अङ्क जोडेको छ। समान खेल खेलेको एपिएफको भने १५ अङ्क भएको छ। 

लिगमा बाह्रौँ चरणको खेलहरु चलिरहँदा विजेता र रेलिगेशनमा पर्ने टोलीहरुको भने टुङ्गो लागिसकेको छ। लिगको उपाधि मच्छिन्द्र क्लबले जितिसकेको छ भने च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब रेलिगेशनमा परिसकेका छन्। 
 

कमेन्ट लोड गर्नुस