सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली गोदावरी नगरपालिकाको ठुलो हिस्सा विकास वजेट अलपत्र

२७ करोडमा २१ करोड सेवा सुविधा र आसेपासेलाई वाँडेर सिद्धियो

२०७५ माघ ७, १०:५५ खबर संवाददाता

कैलाली गोदावरी नगरपालिकाको ठुलो हिस्सा विकास वजेट खर्च हुन नसकेर अधिकांश विकास निर्माणका काम अलपत्र परेका छन । कुल वजेटको एक झण्डै तीन प्रतिशत रकम खर्च हुँदा त्यसको ठुलो हिस्सा सेवा सुविधा र आसेपासेलाई वितरणमै सकिएको छ । नगरपालिकाको कुल ९० करोड ९० लाख वजेटमध्ये ३८ करोड ७० लाख रकम विकास वजेट रहेको छ । त्यसमा ६ करोड १५ लाख मात्रै खर्च भएको छ । चालु आर्थिक वर्षमा खर्च भएको २७ करोड ९ लाख रकममध्ये २० करोड ९४ लाख सेवा सुविधा र आसेपासेलाई वाँडेर सिद्धिएको छ । 

कैलालीको गोदावरी नगरपालिकाको कुल वजेटको ३० प्रतिशत रकम खर्च गर्दा त्यसको ठुलो हिस्सा सेवा सुविधा र आसेपासेलाई वाड्नमै सकिएको छ । आर्थिक वर्षको ६ महिना वितिसक्दा पनि गोदावरी नगरपालिकाले ९० करोड ९० लाख वजेटमध्ये  २७ करोड ९ लाख खर्च भएको छ । त्यसमा विकास वजेट ६ करोड १५ लाख हजार खर्च भएको छ । त्यसको तीन गुणा वढी सेवा सुविधा र आसेपासेलाई वाँडेर वजेट स्वाहा पारिएको छ । तलवभत्तामा मात्रै विकास वजेटकै हारहारीमा झण्डै ५ करोड वढी खर्च भएको नगरपालिकाका लेखा अधिकृत रामचन्द्र जोशीले  बताए । 

जनप्रतिनिधिहरुले पारिश्रमिक वापत मात्रै ४१ लाख १० हजार सवारी साधनको ईन्धनमा २ लाख १६ हजार टेलिफोनमा ६१ ह्जार २ सय दैनिक भत्तार भ्रमण भत्तामा तीन लाख २८ हजार दैनिक खाजा खर्च र वैठक भत्ता वापत ८ लाख ५० हजार रुपैया बुभसकेका छन् । त्यसमा तलब सेवा सुविधा पोशका लगायतका शिर्षकमा ४ करोड ७६ लाख रकम खर्च गरिएको गोदावरी नगरपालिकाको लेखा शाखाले जनाएको छ ।

झण्डै २ दशकपछि जन प्रतिनिधि पाएको गोदावरी नगरपालिकाले आशातित काम गर्न सकेको छैन । कर्मचारीहरु हुँदा अघिल्ला वर्षहरुमा ठुलो रकम विकास निर्माणमा खर्च भईसकेको हुन्थो तर जन प्रतिनिधि आएपछि त्यसको ठुलो विकास वजेट खर्च नभएर खातामै थन्किएको छ । विकासका योजनाहरुले गति पाउँला भन्ने आशा राखेका गोदावरी नगरवासीहरुको त्यो आशा पुरा हुन सकेको छैन । तर विकास वजेटलाई अहिले तिव्रता दिईएकोले अवको महिनामा गति लिने नगरपालिकाकी उपमेयर रत्ना कठायतले जानकारी दिईन् । जन प्रतिनिधि आएपछि विकासको मुल फुट्ने आशा गरेका जनताहरुको आशा आशामै सिमित भएको छ । विकास बजेटको हिस्सा त्यसै थन्किएपछि विकास निर्माणका कामले पनि गति लिन सकेका छैनन् । 
 

कमेन्ट लोड गर्नुस