अन्तिम खेलमा झन ‘इफोर्ट’ लगाउने छौ: सन्दिप
काठमाण्डौँः नेपालका कप्तान सन्दिप लामिछाने आजको खेलको म्यान अफ दी म्याच बनेका छन। उनले क्यानडाका लागि चार ओभरमा १२ रन खर्चिएर तीन विकेट लिएका हुन्। क्यानडालाई आठ विकेटले नेपालले हराएको छ।
जितपछि सन्दिपले यो खेलको श्रेय सबै खेलाडीलाई गएको र त्यसमा पनि विशेष गरेर तिव्र गतिका बलरलाई जाने बताए। उनले यो प्रतियोगितामा बलरले गरेको प्रदर्शनबाट निकै खुसी भएको र अब एक जितबाट टाढा रहेकाले सबैले अझ राम्रो इफोर्ट दिएर जित निकाल्नेमा विश्वास रहेको बताए।
उनले नेपाली समर्थकलाई सम्बोधन गर्दै अहिलेसम्म हामीलाई साथ दिएकोमा धन्यवाद दिँदै युएईविरुद्धको खेल झनै महत्वपुर्ण रहेको र त्यसका लागि अहिले भन्दापनि बढि मेहेनत गर्ने बताए।
उनले खेलाडीको तर्फबाट्रो तर्फबाट सतप्रतिशत दिएको र त्यसलाई कायम राखेर नेपाललाई विश्वकपमा पुर्याउने लक्ष्य रहेको बताए ।
सन्दिपले मंगलबार हुने सेमिफाइनलमा पिचको कन्डिसन हेरेर टिमको अन्तिम निर्णय गर्ने बताए ।