बैतडी सिगासको एक विद्यालयमा तालाबन्दी, आन्दोलनमा विद्यार्थी [भिडिओसहित]
धनगढीः बैतडीको एक विद्यालयमा तालाबन्दी गरिएको छ। हिजो (आइतबार) देखि सिगास गाउँपालिकाको वडा नम्बर ८ स्थित लेक लुपुड माध्यमिक विद्यालयमा तालाबन्दी गरिएको हो।
सोही विद्यालयमा अध्यनरत विद्यार्थीहरुले त्यहाँ तालाबन्दी गरेका हुन्। उनीहरुले हिजो नै ताला लगाएकोमा आज आन्दोलन समेत गरेका छन्। आज उनीहरुले विद्यालय परिसरमै विद्यालय व्यवस्थापन समितिविरुद्ध नारावाजी समेत गरेका हुन्।
किन गरियो तालाबन्दी ?
उक्त विद्यालयमा २ वर्षदेखि ४ वटा दरबन्दी रिक्त छन्। जस कारण शिक्षक नहुँदा पठनपाठनमा समस्या आएको छ। विदरयार्थीहरुले शिक्षक भर्नाको माग गर्दै ताला लगाएको बताएका छन्। यस्तै उनीहरुले वडाध्यक्ष कर्णसिंह ऐरको व्यक्तिगत रिसिइवीका कारण पूर्व प्रधानाध्यापकको अवैधानिक रुपमा सरुवा गरिएको आरोप लगाएका छन्। यता, व्यवस्थापन समितिका सदस्यको अनुपस्थितिमा गाउँपालिकाले नै विद्यालय व्यवस्थापन समितिको पदाधिकारी समेत तोकेका छ। पालिकाले वडाअध्यक्ष समेत रहेका ऐरलाइ नै व्यवस्थापन समितिको अध्यक्ष तोकेको हो।
विद्यार्थीहरुले शिक्षक भर्ना, अवैधानिक दरबन्दी फिर्ता र नियामानुसार विव्यस गठनको माग गर्दै विद्यालयमै नारावाजी समेत गरेका छन्। माग पुरा नहुँदासम्म आन्दोलन जारी रहने उनीहरुको भनाइ छ।