सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालले क्यानडालाई ८ विकेटले हरायाे

२०७८ फाल्गुन ९, ०६:३४ खबर संवाददाता

काठमाडौं: टी २० विश्वकप छनोट ए अन्तर्गत समूह 'बी'को आज सम्पन्न खेलमा नेपालले क्यानडामाथि सहज जित निकालेको छ। ओमनस्थित अल अमरेत स्टेडियममा सम्पन्न खेलमा नेपालले ८ विकेटले जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको क्यानडाले १५ ओभरको समाप्तीमा सबै विकेट गुमाउँदै ८० रनमा समेटिएको थियो। जवाफी ब्याटीङमा उत्रिएको नेपालले १४.१ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो।

समूहको अन्तिम खेल विजय हासिल गरेसँगै नेपाल समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । नेपालले अब फाइनल प्रवेशका लागि युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध खेल्नेछ ।

कमेन्ट लोड गर्नुस