बैतडीमा टिप्पर दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु
धनगढी : बैतडीमा टिप्पर दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार जिल्लाको पाटन नगरपालिका वडा नम्बर ३ गुरुडामा झासलमालिबाट दमोरा जाँदै गरेको बा ३ ख ४८७९ नम्बरको टिप्पर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।
‘तीन जनाको घटनास्थलमै मृत्यु भएको छ,’ खड्काले दिनेशखबरलाई भने, ‘अन्य ५ जनालाई उपचारका लागि पठाइएको छ।’ टिप्पर सडकबाट करीब ५०० मिटर तल खसेको जनाइएको छ। दुर्घटनामा पाटन-३ का ४५ वर्षीय जनकराज पन्त, १२ वर्षीया ज्ञानु बिष्ट र १७ वर्षीय अवस्थीको मृत्यु भएको प्रहरीले जनाएको छ।