सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा यस्तो ठाउँ, जहाँ देउता रिसाउने डरले स्कुल जाँदैनन शिक्षिका

फाइल फोटो
फाइल फोटो
२०७८ फाल्गुन ९, १२:४५ खबर संवाददाता

धनगढीः बाजुराको बडिमालिका नगरपालिका-८ मा रहेको श्री जनप्रकाश आधारभूत विद्यालय रतुडामा महिनावारी हुँदा शिक्षिका विद्यालय नजाने गरेको पाइएको छ। स्थानीयका अनुसार रतुडामा रहेको विद्यालय देउताको ओहोरदोहोर गर्ने मुख्य बाटोमा रहेकाले महिनावारी भएको समयमा देवता रिसाउने भन्दै शिक्षिका विद्यालय नजाने गरेका हुन्। 

स्थानीयको देउता रिसाउछन भन्ने विश्वासका कारण नजाने गरेको शिक्षिका नीरा बिष्ट बताइन्। कक्षा ३ सम्म सञ्चालनमा रहेको विद्यालयमा २ जना शिक्षिका र १ जना शिक्षक गरी ३ जना  छन्। दुबैजना शिक्षिका महिनावारी हुँदा पाँच दिनसम्म विद्यालय जाँदैनन्। महिनामा दुईजना शिक्षिका दश दिन विद्यालय आउँदैनन् भने महिनावारीकै कारण वर्षमा १ सय २० दिन अनुपस्थित हुने गरेका छन्।

शिक्षिका नियमित स्कुल नआएपछि बालबालिकाको पढाइै नै प्रभावित हुने गरेको अविभावकहरुले बताएका छन्।
 

कमेन्ट लोड गर्नुस