डोटीका एसपी मल्लको सरुवा
२०७८ फाल्गुन ९, ११:०९
धनगढी : जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लको सरुवा भएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले देशभरका १८ जना एसपीको सरुवा गरेसँगै मल्लको पनि सरुवा भएको हो।
मल्ललाई मानव बेचबिखन अनुसन्धान ब्युरो अनुसन्धान व्यवस्थापन शाखामा सरुवा गरिएको छ भने सोही ठाउँमा कार्यरत शारदा प्रसाद चौधरीलाई डोटीमा खटाइएको छ।
कमेन्ट लोड गर्नुस