सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदर्शनकारीले प्रहरीलाई कपडा पसलमा थुनेर कुटेपछि...

२०७८ फाल्गुन ८, ०५:०८ खबर संवाददाता

धनगढीः अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोध गरिरहेका प्रदर्शनकारीले तीन जना प्रहरीलाई बुद्धनगरस्थित एक कपडा पसलमा थुनेर कुटपिट गरेका छन्। एमसीसीको विरोधमा बिहानैदेखि विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ।

प्रदर्शनकारीहरूले ढुङ्गा प्रहार गरिरहेका छन्। त्यही क्रममा ढुङ्गाबाट बच्न पसलमा लुकेका तीन प्रहरीलाई सटर थुनेर प्रदर्शनकारीले कुटेको पसल सञ्चालकले बताएका छन्।

कुटपिटका क्रममा पसलमा तोडफोड भएको छ भने प्रहरीहरू घाइते भएका छन्।

कमेन्ट लोड गर्नुस