सुदूर नेपाललाई विश्वसँग जोड्दै

बस दुर्घटना हुँदा ५६ जना घाइते

फाइल तस्बिर
फाइल तस्बिर
२०७८ फाल्गुन ८, ०३:५७ खबर संवाददाता

काठमाडौं: नुवाकोटमा बस दुर्घटना हुँदा ५६ जना घाइते भएका छन्। जिल्लाको  किस्पाङ गाउँपालिका–३ किटनी बगर नजिकै बस दुर्घटना हुँदा ५६ जना घाइते भएका हुन्। 

आइतबार कृष्णा गाउँपालिका–१ साल्मेबाटबाट जाँदै  गरेको बागमती प्रदेश ३–०१–०६ ख १५४१ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक रामप्रसाद शाहले बताए। घाइते भएकाहरूको त्रिशूली अस्पतालमा उपचार भइरहेको उनले बताए। गम्भीर घाइते दुई जनालाई हेलिकप्टरमार्फत् काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस