पसलमा आगालागी हुदा बझाङमा १५ लाख बराबरको क्षती
बझाङको जयपृथ्वी नगरपालिका १० चैनपुर स्थित नयाँ बजारमा रहेको एक पसलमा आगलागी भएको छ। नयाँ बजारमा रहेको मल्ल स्टोरमा आज दिउँसो आगलागी भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
स्थानीय जगत मल्लले सञ्चालन गरेको सो पसलमा आगलागीबाट १५ लाख बराबरको क्षती भएको पसल धनीको दावी रहेपनि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
आगलागीबाट पसलमा रहेका खाद्यान्न, बिस्कुट, चाउचाउ, तेल लगायतका सामान जलेर नष्ट भएको बताइएको छ।