सुदूर नेपाललाई विश्वसँग जोड्दै

करणी आरोपमा ‘धामी’ पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७८ फाल्गुन ८, ०२:३६ खबर संवाददाता

दाङः दाङमा बलात्कार अभियोगमा एकजना ‘धामी’ पक्राउ परेका छन्। धामी झाँक्री गर्ने नाममा महिला र बालिका बलात्कार गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका- १९ का ३५ वर्षीय गोपाल बिकलाई पक्राउ गरिएको हो।

बिकले आफू शिवको भक्त हुँ, दैविक देवले आफूलाई छोएको र विभिन्न स्थानमा धामी झाँक्री गर्छु भनी झुक्काएर माघ २९ गते तुलसीपुर १८ खैरेनीमा एक महिलालाई बलात्कार गरेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार उनले महिला र सँगै आएकी १४ वर्षीया महिलाकी भान्जीलाई पनि जबरजस्ती करणी गरेको भनी फागुन ५ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी परेको थियो। जाहेरी परेलगत्तै परिचालन गरिएको प्रहरी टोलीले विकलाई तुलसीपुर उपमहानगरपालिका-१९ दुधरासमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको डिएसपी श्यामु अर्यालले जानकारी दिए।

पक्राउ परेका विकमाथि थप अनुसन्धान भइरहेको अर्यालले बताए।

कमेन्ट लोड गर्नुस