सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा मिलमा बेरिएर एक जनाको मृत्यु

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर
२०७८ फाल्गुन ८, ११:४५ खबर संवाददाता

धनगढी : दार्चुलामा मिलमा बेरिएर एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार जिल्लाको शैल्यशिखर नगरपालिका-६ पनेबाजमा मिलमा बेरिएर अन्दाजी ५० वर्षीय धनसिंह धामीको मृत्यु भएको हो।

आइतबार (आज) बिहान करिब ९ बजेतिर आफ्नै मिलमा अन्न पिध्ने क्रममा मिलको फितामा बेरिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस