भारतद्वारा अफगानिस्तानलाई पाँचौ चरणको स्वास्थ्य सामग्री सहयोग
नयाँ दिल्ली : भारतले अफगानिस्तानलाई पाँचौँ चरणको स्वास्थ्य सामग्री सहयोग प्रदान गरेको छ। सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार २।५ टन स्वास्थ्य सामग्री भारतले अफगानिस्तानलाई दिएको हो।
भारतको मानवीय सहायता सम्बन्धी कार्यक्रम अन्तर्गत अफगानिस्तानका जनतालाई सहयोग प्रदान गरिएको भारतीय अधिकारीहरूको भनाई छ। भारतले पठाएको सहयोग सामग्रीमा कपडा पनि समावेश गरिएको भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बगाचीले जानकारी दिए। -एएनआई