फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
धनगढी : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ वृद्धि गरेको हो। नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ सय ४५ कायम गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ कायम गरिएको आयल निगमले विज्ञप्ती मार्फत बताएको छ।
ग्यासमा घाटा भएपनि मूल्य नबढाइएको निगमले जानकारी दिएको छ। अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप प्रति लिटर पेट्रोल ५.६१ ले बढेको, डिजेल ५.६२ ले बढेको र हवाई इन्धन ४.९५ ले बढेर आएको र यस अनुरूप निगमलाई १५ दिनमा करीब २ अर्ब ४० करोड घाटा हुने अवस्था रहेका कारण मूल्य बढाउन परेको निगमको भनाइ छ।