सुदूर नेपाललाई विश्वसँग जोड्दै

युक्रेन विद्रोही नेताद्वारा सामान्य जन परिचालनको घोषणा

२०७८ फाल्गुन ७, ०८:३९ रासस

मस्को: पूर्वी युक्रेनको टुक्रिएको क्षेत्र (तथाकथित डोनेट्स्क जन गणतन्त्र)का नेताले शनिबार पूर्व सोभियत देशमा युद्ध बढ्दै जाने डरका कारण सामान्य जन परिचालनका निम्ति आग्रह गरेका छन्।

"म रिजर्भमा रहेका मेरा सँगी नागरिकहरूलाई सैन्य भर्ती कार्यालयहरूमा आउन आग्रह गर्दछु। आज मैले सामान्य  जन  सैन्य परिचालन सम्बन्धी प्रस्तावमा हस्ताक्षर गरें,"  नेता डेनिस पुशिलिनले एक भिडियो मा उक्त  घोषणा गरेका छन्।
 

कमेन्ट लोड गर्नुस