सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजपुरालाई हाफ म्याराथनको उपाधि

२०७८ फाल्गुन ७, ०६:२४ खबर संवाददाता

धनगढीः १६ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत महिला हाफ म्याराथनको उपाधि नेपाल पुलिस क्लबकी राजपुरा पछाईले जितिन्।

पोखरा रंगशालामा शनिबार बिहान उपाधि जित्ने क्रममा राजपुराले निर्धारित दुरी १ घण्टा २१ मिनेट २६ सेकेण्डमा पूरा गरिन। राजपुराले लगातार दोस्रो पटक उपाधि जितेकी हुन्। उपाधिसँगै राजपुराले नगद १ लाख प्राप्त गरिन्। एपीएफकी बिन्द्रा श्रेष्ठले १ घण्टा २७ मिनेट ४१ सेकेण्डको समय निकाल्दै दोस्रो स्थान हासिल गरिन्। जुम्लाकी राममाया बुढाले १ घण्टा ३० मिनेट ४८ सेकेण्डको समयसहित तेस्रो स्थान हासिल गरिन्।

दोस्रो भएकी बिन्द्राले ७५ हजार र तेस्रो भएकी राममायाले ५० हजार प्राप्त गरेकी छिन्। भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा भएको म्याराथनमा स्वदेशी तथा विदेशी गरि कुल २०१ जना धावकहरुले सहभागिता जनाएका थिए।

कमेन्ट लोड गर्नुस