सुदूरपश्चिममा जनमोर्चाको प्रदेश कमिटी गठन, अध्यक्षमा भट्ट
धनगढीः सुदूरपश्चिममा राष्ट्रिय जनमोर्चाको प्रदेश कमिटी गठन गरिएको छ। धनगढीमा शनिबार सम्पन्न पार्टीको प्रथम प्रदेश सम्मेलनबाट प्रदेश कमिटी गठन गरिएको हो।
जनमोर्चा सुदूरपश्चिमले नन्दराम भट्टको नेतृत्वमा २५ सदस्यीय कमिटी चयन गरिएको जनाएको छ। सम्मेलनमा प्रमुख अतिथि जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्ट रहेका थिए।
यस्तै सम्मेलनमा नेकपाका नेता ओमप्रकाश पुन, माले नेता परेग रावल लगायत जनमोर्चाका विभिन्न संगठनका नेताहरु पनि सहभागि थिए। जनमोर्चाका नेता तथा कार्यकर्ताले यसलाइ ऐतिहासिक सम्मेलन भएको बताएका छन्। उनीहरुले पार्टी अब दरिलो तवरले सक्रिय भएर जनो बताएका छन्।
यस्तो छ जनमोर्चाको प्रदेश कमिटी