इथियोपियाको शरणार्थी शिविरमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु, हजारौं विस्थापित: राष्ट्रसंघ
अदिस अबाबा: उत्तरी इथियोपियाको अफर क्षेत्रमा एक सशस्त्र समूहले गरेको आक्रमणमा परी शुक्रबार कम्तीमा पाँच शरणार्थीको मृत्यु भएको छ। झडपका क्रममा एक सशस्त्र समूहले छिमेकी इरिट्रियाबाट आई शरणार्थीका रूपमा शिविरमा बस्दै आएका शरणार्थीमाथि आक्रमण गरेको संयुक्त राष्ट्रसंघले पुष्टि गरेको छ।
राष्ट्रसंघका अनुसार घटनामा पाँच जनाको मृत्यु भएको छ भने अन्य हजारौं शरणार्थी शिविरबाट विस्थापित भएका छन्।
संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायका अनुसार सशस्त्र पुरुषहरूको एक समूहले फेब्रुअरी ३ मा टिग्रेसँगको सीमा नजिकैको बहरेल शिविरमा आक्रमण गरेपछि ‘कम्तीमा पनि पाँच शरणार्थी’ को मृत्यु भएको छ । त्यस्तै आक्रमणकारी समूहले केही महिलाहरूलाई अपहरण गरी लगेको बताइएको छ।