सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल विश्वकपमा छनोट हुन योग्य रहेको सन्दीपको दाबी

२०७८ फाल्गुन ५, ०५:०३ खबर संवाददाता

काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले टिममा क्षमतावान खेलाडी र सन्तुलित रहेकोले शीर्ष दुई टिमको रूपमा टी २० विश्वकपमा छनोट हुने बताएका छन्। अष्ट्रेलियामा अक्टोबर नोभेम्बरमा हुने आईसीसी टी २० विश्वकपको ग्लोबल क्वालिफायर शुक्रबारदेखि ओमानमा सुरु हुँदैछ। जसमा नेपालसहित ८ राष्ट्रले खेल्नेछन् र शीर्ष दुई टिम विश्वकपमा छनोट हुनेछन्।

नेपालले घरेलु टोली ओमानसँग नै शुक्रबार खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ। त्यसअघि कप्तान सन्दीपले बिहीबार आईसीसीसङ्गगको कुराकानीमा नेपाल छनोट हुने सम्भावना रहेको बताए। ‘हामीले छनोट हुने राम्रो सम्भावना देखेका छौँ। यो फर्म्याटमा हामीले टेष्ट नेशनसँग वा एसोसिएटसँग जो सँग खेले पनि असर गर्दैन। नेपाललाई हराउन अन्य टिमलाई गाह्रो छ’ सन्दीपले भने,’कप्तानको रुपमा मेरो विचारमा मेरो काँधमा ठूलो जिम्मेवारी छ र म यसलाइ एउटा सम्झनलायक क्षण बनाउँन चाहन्छु।’

सन्दीपको कप्तानीमा नेपालले ओमानमै चारदेशीय सिरिज खेलेको थियो। २१ वर्षीय सन्दीपले राष्ट्रिय टिमको कप्तानी गरेक अनुभव ३ खेल मात्र छ । उनले आफू कप्तान भए पनि सिनियर खेलाडीको पूर्ण समर्थन पाएकोले खासै समस्या नहुने र आफूलाई सहज हुने बताए। यस्तै, पुबुदु दासानायके फेरि प्रशिक्षक बनेर आएपछि टिमको बोन्ड राम्रो रहेको सन्दीपले बताए।

कमेन्ट लोड गर्नुस