सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा गाउँपालिकाका सूचना अधिकृत ‘अति गरिब’को सूचीमा

२०७८ फाल्गुन ४, ०५:२६ खबर संवाददाता

धनगढीः दार्चुलाको ब्याँस गाउँपालिकाका सूचना प्रविधि अधिकृत गरिबको सूचीमा समेटिएका छन्। सूचना प्रविधि अधिकृत शिवराज बडू अति गरिबको सूचीमा समेटिएको भेटिएको हो। परिवार पहिचान सर्वेक्षणमा आधारित गरिब घर परिवारको सूची संकलन गर्दा वडा नं ६ का बासिन्दा बडू अति गरिबमा परेका हुन्।

ब्याँस गाउँपालिका एक कर्मचारीका अनुसार अधिकृत बडूले आफ्नो नाम हटाउनका लागि निवेदन पेश गरेका छन्। यसअघि दार्चुलाकै दुहुँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीकी अनमी छोरीको नाम पनि गरिबको सूचीमा भेटिएको थियो।

कमेन्ट लोड गर्नुस