सुदूर नेपाललाई विश्वसँग जोड्दै

१६ सय रुपैयाँले घट्यो सुनको मूल्य

२०७८ फाल्गुन ४, ०३:५१ खबर संवाददाता

काठमाडौँ :  सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको छ। मंगलबार एकै दिन तोलामा १२ सय रुपैयाँले बढेको मूल्य बुधबार भने ओरोलो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुनको मूल्य तोलामा ९५ हजार एक सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ६ सय रुपैयाँमा झरेको छ। मंगलबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९६ हजार २ सय रुपैयाँ थियो।


 

कमेन्ट लोड गर्नुस