बजेट खर्च गर्न नसकेको भन्दै प्रदेश सरकारको आलोचना
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिना सम्म पनि पुँजीगत बजेट खर्च गर्न नसकेको भन्दै प्रदेशसभा बैठकमा आलोचना भएको छ। हिजोदेखि सुरु भएको प्रदेश सभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा बोल्ने प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीका प्रदेशसभा सदस्यहरुले पुँजीगत बजेट खर्चको अवस्था निराशाजनक रहेको भन्दै सरकारको आलोचना गरेका हुन्।
आफ्ना कार्यकता र आसेपासेलाई बजेट पोस्न उद्दत देखिएको सरकारले विकास निर्माणका कामलाई अगाडी बढाउन नसकेको अरोप लागेको छ। चालु आर्थिक वर्षको ६ महिनामा एक दशमलव ३ प्रतिशत विकास बजेट मात्र खर्च गरेको प्रदेश सरकारको प्रतिपक्षी दलका सांसदले आलोचना गरेका हुन्।े प्रदेशसभा बैठकमा बोल्ने नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीका प्रदेशसभा सदस्यहरुले कार्यकर्ता र आसेपासे पोस्नमै व्यस्त रहेको सरकारले प्रदेशको विकासतर्फ ध्यान नदिएका कारण ६ महिनासम्म पनि पुँजीगत बजेट खर्चको अवस्था सन्तोशजनक नदेखिएको भन्दै नेपाली काँग्रेस संसदीय दलका नेता समेत रहेका प्रदेशसभा सदस्य रणबहादुर रावलले सरकारको आलोचना गरे।
बैठकमा सरकार आफ्नै ढिपीमा चलेको बताएका प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री र मन्त्री भन्दा उनीहरुका स्वकीय सचिवालयका कर्मचारी हावी भएको समेत टिप्पणी गरेका छन्। विधि र प्रक्रियालाई खासै वास्ता नगरेको आरोप खेप्न बाध्य भएको प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरु भाषण गर्न माहिर भएपनि जनउत्तरदायी हुन नसकेको आरोप समेत उनले आरोप लगाए। राजपाकी सांसद मालामती कुमारी रानाले विकास निर्माणका काममा सरकारको कुनै ध्यान पुग्न नसकेको बताईन्। अझ विकास निर्माणका काममा भने सुस्त रहेको भन्दै विकास बजेटलाई पाँच वर्षसम्म मुद्दती खातामा राख्न भनेर व्यग्य समेत गरिएको छ।
काँग्रेसकै अर्का प्रदेश सभा सदस्य भरतबहादुर खडकाले विकास बजेट खर्च नगरी यही ताल भए पाँच वर्षको बजेट मुद्दती खातामा राख्न आग्रह गरे। प्रदेश सरकारले विकास बजेट खर्च गर्न नसकेको भन्दै प्रतिपक्षी दलका सांसदले आलोचना गरेका बेला सत्तापक्ष नेकपाका सांसदले भने सरकारलाई बामे सार्दै गरेको बालकको संज्ञा दिएका छन्। उनीहरुले प्रदेश सरकारले काम गरेन भन्नुमा कुनै तुक नभएको प्रतिक्रिया दिदै प्रतिपक्षीका सांसदका आलोचनाको खण्डन गर्ने प्रयास गरेका छन्। नेकपाका प्रमुख सचेतक तारालामा तामाङले छिटो नतिजा खोज्नेहरुले सरकारको कामको आलोचना गरिरहेको बताए।
अर्का सांसद मान बहादुर धामीले सरकारले भर्खर छानो हालेकाले अहिले नै आलोचना गर्नु उचित नहुने जिकिर गरे। तर सुदुरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्नुपर्ने विकास निर्माणका योजनाहरु अझै सञ्चालन हुन सकेका छैनन् भने चालु आर्थिक बर्षका ६ महिना वितिसक्दा समेत विकास निर्माणका योजनाहरु सुरु हुन नसकेका हुन। आर्थिक बर्षको आधा अवधि वितिसक्दा पनि प्रदेश सरकारको कुल बजेटको ५ प्रतिशत मात्रै बजेट मात्रै खर्च भएको छ। त्यसमा अझ विकास बजेट खर्चको अवस्था निकै नाजुक रहेको छ । प्रदेश सरकारको विकास बजेट एक दशमलव ३ प्रतिशत मात्रै खर्च भएको छ ।