सुदूर नेपाललाई विश्वसँग जोड्दै

ए डिभिजन लिग : एनआरटी र हिमालयन शेर्पाको खेल बराबरी

२०७८ फाल्गुन २, ०७:५८ रासस

काठमाडौँ: सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आइतबारको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबबीच खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा टुंगिएको हो।

खेलको निर्धारित समयसम्म दुवै टोलीले उल्लेख्य खेल प्रदर्शन गर्न सकेनन्। यस बराबरी खेलसँगै एनआरटी १० खेलबाट १४ अंक जोडेर सातौं स्थानमा रहेको छ भने समान खेल खेलको हिमालयन शेर्पा १२ अंकका साथ अंक तालिकाको आठौं स्थानमा यथावत् छ।
 

कमेन्ट लोड गर्नुस