सुदूर नेपाललाई विश्वसँग जोड्दै

दीपेन्द्रको घातक बलिङ, १ सय २७ रनमा समेटियो आयरल्याण्ड

२०७८ फाल्गुन २, ०५:२५ खबर संवाददाता

काठमाडौंः चार देशीय टी–२० शृङ्खलाको तेस्रो खेलमा आयरल्याण्डले नेपाल सामु १ सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले सबै विकेट गुमाउँदै १ सय २७ रन बनाएको हो।

आयरल्याण्डका लागि जर्ज डकरेलले सर्वाधिक २८ रनको योगदान दिए भने कर्टिस क्याफरले २० रन बनाए। कप्तान एन्डी बाल्ब्रिनले १९ रन बनाउँदा लोक्रान टकरले १५ रनको योगदान दिए। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले घातक बलिङ गर्दै ४ विकेट लिए भने अभिनास बोहराले २ विकेट लिए। कमल ऐरी, जितेन्द्र मुखिया र सन्दीप लामिछानेले १–१ विकेट लिए।

नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको थियो दोस्रो खेलमा  यूएईसँग २५ रनले पराजित भएको थियो।
 

कमेन्ट लोड गर्नुस