सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्री सोडारीद्वारा बझाङका विभिन्न योजनाको निरीक्षण

२०७८ माघ २९, ०७:३९ रासस

बझाङ : सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीले यहाँका आयोजनाको आज निरीक्षण गर्नुभएको छ। सदरमुकाम चैनपुरको सेती पारि रहेको पानकोट जडारिगाड सडक खण्ड, सुर्मा सडक, पातिहाल्ना तलकोट–सैपाल–हुम्ला सडकखण्ड लगायतका सडकको निरीक्षण गरेका हुन्। 

उनले पूर्वाधार विकास मन्त्रालयअन्तर्गतका जिल्लास्थित कार्यालयको समेत अनुगमन गरेका छन्। सोडारीले जिल्लास्थित पूर्वाधार विकास कार्यालयलगायत कार्यालय प्रमुखसँग आयोजना कार्यान्वयनबारे जानकारी लिए। 

अनुगमनका क्रममा आयोजना दु्रत गतिमा कार्यान्वयन गर्न कार्यालय प्रमुखलाई निर्देशनसमेत दिनुभएको छ। अहिले योजनाका काम निरन्तर भइरहेकाले आवश्यकताअनुसार जिल्लामा अरू योजनाको पनि मागअनुसार बजेट विनियोजन गरिने बताए। उक्त अनुगमन टोलीमा मन्त्री सोडारी, प्रदेश अर्थराज्यमन्त्री माया तामाङ बोहरा र पूर्वाधार विकास मन्त्रालयअन्तर्गतका जिल्लास्थित कार्यालयका प्रमुख तथा प्रतिनिधि रहेका थिए। 
 

कमेन्ट लोड गर्नुस