कोरोनाको दैनिक संक्रमित संख्या एक हजार भन्दा कम
काठमाडौंः पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या घटेर एक हजार भन्दा तल झरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट पछिल्लो २४ घण्टामा जम्मा ८३६ संक्रमण पुष्टि भएको छ।
चार हजार २६० पीसीआर परीक्षणमा ४९१ जननना र दुई हजार ३९४ एन्टिजेन परीक्षणमा ३४५ जना गरी ८३६ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण चार जनाले ज्यान गुमाएका छन्। त्यस्तै एक हजार ८२६ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या २६ हजार १०२ रहेको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा १६६, चितवनमा ३६, ललितपुरमा ३१, कास्कीमा २१, सुनसरीमा १८, काभ्रेपलाञ्चोकमा १६, मोरङमा १४, भक्तपुर, धादिङ, रुपन्देही र अछाममा १०र१० जना संक्रमित भेटिएका छन्।