सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको डिलाशैनी गाउँपालिकामा तालाबन्दी, यस्तो छ कारण

२०७८ माघ २८, ०४:४४ खबर संवाददाता

बैतडीः बैतडीको डिलाशैनि गाउँपालिकामा तालाबन्दी गरिएको छ। सूचनाको माग गर्दा आनाकानी गरेको भन्दै शुक्रबार तालाबन्दी गरिएको हो। 

नेपाली कांग्रेस डिलाशैनिले कार्यपालिकाको निर्णयको प्रतिलिपी, पाँच वर्षसम्म भएका साना ठुला योजनाहरुको विवरण, पालिका भरका कर्मचारीको विवरणलगायतका सूचना माग गरेकोमा नदिएपछि तालाबन्दी गरिएको बताइएको छ।

यता, पालिका अध्यक्ष उकेन्द्रबहादुर बोहराले भने केहीदिनमै सूचना दिने बताए पनि तालाबन्दी गरेको बताए।

कमेन्ट लोड गर्नुस