ओमानविरुद्ध नेपाललाई तेस्रो सफलता, कमलले विकेट लिए
धनगढीः चार देशीय क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले आयोजक टोली ओमानविरुद्ध तेस्रो विकेट हात पारेको छ। ७ ओभरको खेल सकिदा ओमानले ४ विकेट गुमाएर ४६ रन बनाएको छ।
अविनाश बोहराले नेपाललाई पहिलो सफलता दिलाएका थिए। उनले ओपनर कश्यप प्रजापतिलाई ११ रनमा बोल्ड पारे। तेस्रो ओभरको अन्तिम बलमा अविनासले ११ बलमा २ चौका प्रहार गरेका कश्यपलाई बोल्ड पारेका थिए। यस्तै चौथो ओभरको पहिलो बलमै आरिफ सेखले अर्का ओपनर जितिन्दर सिंहलाई विकेटकिपर आसिफ सेखको हातबाट १३ रनमा क्याच गराए। छैटौं ओभरको तेस्रो बलमा कमलसिंह ऐरीले आयान खानलाई ११ रनमा विकेट किपर आसिफको हातबाट क्याच गराए। आयानले ९ बलमा २ चौकासहित ११ रन जोडे। यसअघि नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो। नेपाली टोलीबाट दुई खेलाडीले डेब्यू गरेका छन। अलराउण्डर विवेक यादव र स्पिनर सागर ढकालले डेब्यू गरेका हुन।
घरेलु क्रिकेटमा लगातार राम्रो प्रदर्शन गर्दै आएपछि आक्रामक विवेक यादवलाई यसपल्ट प्रशिक्षक पुबुदु दासानायकेले बन्द प्रशिक्षणमा बोलाएका थिए।सुरुमा नरहेपनि सागर ढकाललाई बन्द प्रशिक्षणको बीचमा बोलाउँदै प्रशिक्षक दासानायकेले ओमान भ्रमणमा लगेका हुन। दुबै खेलाडीले यसअघि यू–१९ राष्ट्रिय टोलीबाट खेलिसकेका छन। सन्दीप लामिछानेको कप्तानीमा नेपाली टोलीले पहिलोपल्ट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो। योसँगै सन्दीप नेपाली टोली सम्हाल्ने ११औं कप्तान बनेका छन।