सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्यमन्त्री भन्छन्– २४ लाख डोज खोप हराएको छैन

२०७८ माघ २८, ०४:०९ खबर संवाददाता

काठमाडौंः स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप नहराएको दाबी गरेका छन्। उनले उक्त खोपको तथ्यांक आउन मात्रै बाँकी रहेको बताएका छन्। 

मन्त्री खतिवडाले आज पत्रकार सम्मेलनमार्फत् आफ्नो १०० दिने कार्यकालबारे जानकारी गराउँदै २४ लाख डोज लक्षित नागरिकसम्मै पुगेको तर स्थानीय तहहरुबाट त्यसको विवरण आइपुग्न बाँकी रहेको जिकिर गरे। २४ लाख डोज खोपको तथ्यांक छानबिनका लागि बनेको समितिले दिइएको डेडलाइनमा नै खोपको प्रकार र विवरणअनुसारको प्रतिवेदन बुझाउने उनको विश्वास छ। 

कमेन्ट लोड गर्नुस