डडेल्धुराको एक काष्ठ उद्योगमा आगलागी
२०७८ माघ २८, ०८:३९
धनगढी : डडेल्धुराको एक काष्ठ उद्योग आगलागी भएको छ।
प्रहरीका अनुसार जिल्लाको अमरगढी नगरपालिका-५ तुफानडाँडाँस्थित लोकराज शर्माको रविन काष्ठ उद्योग र सँगै रहेको देवलक्ष्मी मल्टि सप्लायर्समा आगलागी भएको हो। बिहीबार विद्युतको तार सर्ट भई आगलागी भएको र क्षतिको विवरण आउन भने काँकी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
कमेन्ट लोड गर्नुस