सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा थप ६२ जनामा कोरोना पुष्टि

२०७८ माघ २७, ०५:५९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १ हजार १४३ जनाको एन्टिजेन र ८१ जनाको पीसीआर परीक्षण गर्दा ६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ। 

आज संक्रमण पुष्टि भएकामध्ये २५ जना आज नै भारतबाट फर्केका नागरिक हुन्। आज सुदूरपश्चिमका नाका भएर १ हजार १०७ जना स्वदेश फर्केका छन्। निर्देशनालयका अनुसार प्रदेशमा १ हजार ९५५ जना सक्रिय संक्रमित पुगेका छन्। उनीहरुमध्ये ५१ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन्।
 

कमेन्ट लोड गर्नुस