सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप १,३६९ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

२०७८ माघ २७, ०५:५१ खबर संवाददाता

काठमाडौंः पछिल्लो २४ घण्टामा १३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार ८८० पीसीआर परीक्षणमा एक हजार १३ जना र तीन हजार एन्टिजेन परीक्षणमा ३५६ जना गरी एक हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सँगै नेपाल हालसम्म ११ लाख सात हजार ९८६ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा दुई हजार २३८ कोरोना संक्रमणमुक्त हुँदा संक्रमणमुक्त हुनेको कुल संख्या नौ लाख ३० हजार ६०७ जना छन्। कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८६४ पुगेको मन्त्रालयले जनाएको छ। हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २९ हजार चार रहेको छ।

कमेन्ट लोड गर्नुस