सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामका २ युवक ५२ ग्राम ब्राउनसुगरसहित पक्राउ

फाइल तस्बिर
फाइल तस्बिर
२०७८ माघ २७, ०५:१६ खबर संवाददाता

धनगढी: ठूलो मात्रामा ब्राउनसुगरसहित अछामका २ युवक पक्राउ परेका छन्। बाँके प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ बाट ५२ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा अछाम तुर्माखाँद घर भइ हाल नेपालगञ्ज बसपार्कमा बस्ने १८ वर्षका प्रेम चलाउने र अछाम पञ्चदेव घर भइ हाल नेपालगञ्ज बसपार्कमा बस्ने १८ वर्षका गौरव विष्ट रहेका छन्। दुवै जनामाथि थप अनुसन्धान भइरहेको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपाने बताए। 
 

कमेन्ट लोड गर्नुस