सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानसेनापति प्रभुराम शर्मा दार्चुला उडे

फोटोः गणेश जोशी
फोटोः गणेश जोशी
२०७८ माघ २७, १२:५७ खबर संवाददाता

धनगढीः धनगढी पुगेका नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा दार्चुला उडेका छन्। प्रधानसेनापति शर्मा भर्खरै धनगढीबाट हेलिकोप्टरमार्फत दार्चुलातर्फ गएका हुन्। 

उनले धनगढीमा सुदूरपश्चिम सरकारका मुख्यमन्त्री, प्रदेश प्रमुख र आन्तरिक मामिला तथा कानून मन्त्रीसँग भेट तथा छलफल समेत गरेका थिए। प्रधानसेनापति शर्मासँगै रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा र उपसचिव पनि रहेका छन्। 

यसअघि दार्चुलाको तुसारापानीदेखि कोठाधारसम्मको चार किलोमिटर सडक खण्डको ट्र्याक निर्माण कार्यको जिम्मेवारी समेत नेपाली सेनालाई दिइएको थियो। नेपाल सरकारले माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकबाट सेनालाइ उक्त निर्माण कार्य गराउन स्वीकृति प्रदान गर्ने निर्णय गरिएको थियो। 


 

कमेन्ट लोड गर्नुस