सुदूर नेपाललाई विश्वसँग जोड्दै

पछिल्लो २४ घण्टामा देशभर २ हजार ४०१ जनामा कोरोना संक्रमण, थप १४ जनाको मृत्यु

२०७८ माघ २६, ०८:२० खबर संवाददाता

धनगढी: पछिल्लो २४ घण्टामा देशभर २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ३५६ जनाको नमुना  परीक्षण गर्दा २४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७,७७७ जना संक्रमणमुक्त भएका छन् भने १४ जनाको मृत्यु भएको छ।

कमेन्ट लोड गर्नुस