सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा थप ८९ जनामा कोरोना पुष्टि

२०७८ माघ २६, ०५:४३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम थप ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १ हजार १४६ जनाको एन्टिजेन र ९५ जनाको पीसीआर परीक्षण गर्दा ८९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ। 

आज संक्रमण पुष्टि भएकामध्ये २० जना आज नै भारतबाट फर्केका नागरिक हुन्। आज सुदूरपश्चिमका नाका भएर १ हजार १७६ जना स्वदेश फर्केका छन्। निर्देशनालयका अनुसार प्रदेशमा २ हजार २७९ जना सक्रिय संक्रमित पुगेका छन्। उनीहरुमध्ये ४७ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन्।

कमेन्ट लोड गर्नुस