लिटल फ्लावर प्रिमियर लिगको लागि यसरी हुँदैछ मैदान तयार (तस्बिरहरु)
धनगढी : धनगढीमा आगामी फागुन २ गतेदेखि १४ गतेसम्म आयोजना हुने विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ को तयारी अन्तिम चरणमा पुगेको छ।
प्रतियोगिता आयोजना गर्नका लागि मैदान तयार गर्ने कामले तिव्रता पाएको आयोजक लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बताए। धनगढीस्थित संघीय प्रहरी इकाइको खेल मैदान तयारी अवस्थामा राखिएको उनले बताए।