सुदूरपश्चिममा थप १०६ जनामा कोरोना पुष्टि
धनगढीः सुदूरपश्चिम थप १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार १ हजार २१८ जनाको एन्टिजेन र ११७ जनाको पीसीआर परीक्षण गर्दा आज १०६ जनामा संक्रमण पुष्टि भएको हो।
आज संक्रमण पुष्टि भएकामध्ये ३१ जना आज नै भारतबाट फर्केका नागरिक हुन्। आज सुदूरपश्चिमका नाका भएर १ हजार ४५ जना स्वदेश फर्केका छन्। निर्देशनालयका अनुसार प्रदेशमा २ हजार ३८२ जना सक्रिय संक्रमित पुगेका छन्। उनीहरुमध्ये ५२ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन्।