सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्यमा प्रतितोला ५०० ले वृद्धि

२०७८ माघ २५, ११:४१ रासस

काठमाडौँ : सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला ५०० ले बढेर ९३ हजार १०० पुगेको छ। पहेँलो धातु सोमबार प्रतितोला ९२ हजार ६०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ६०० छ, यसको मूल्य अधिल्लो दिन ९२ हजार १०० थियो। यस्तै आज चाँदीको मूल्य अधिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार २६० कायम रहेको महासङ्घले जनाएको छ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१९ डलर आसपास कारोबार भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस