वडा कार्यालयमा तालाबन्दी
डोटीको शिखर नगरपालिकाको वडा नम्बर ३ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ। वडा कार्यालय सबैलाई पायक पर्ने स्थानमा राख्नु पर्ने माग गर्दै वडाकार्यालयमा तालाबन्दी गरिएको हो। हस्ताक्षर सहितको बिज्ञप्ती निकालेर वडा नम्बर ३ का स्थानीयले सबैलाई पाएक पर्ने स्थानमा वडा कार्यालय राख्नु पर्ने माग गरेका छन। अहिले वडा नं. ३ को आली भन्ने ठाउमा घर भाडामा लियर कार्यालय संचालनमा रहेको छ। स्थानियले वडाध्यक्ष प्रेम बहादुर जोरालाई असारमै लिखित रुपमा निबेदन दिएर केन्द्र सार्न अपिल गरेका थिए। स्थानिय र वडाध्यक्ष बिच दुई पटक बैठक बसिसक्दा पनि निष्कर्ष ननिस्केकाले तालाबन्दी नै गर्नु परेको स्थानीयले बताएका छन।